सामाजिक सञ्जाल

खगेन्द्रको ओलीसंग आक्रोशः के खालको प्रधानमन्त्री हो यो? सद्दे हो यो कि खुस्केट हो?

१५ जेठ, काठमाडौं । राजनीतिक बिश्लेशक एबम् लेखक खगेन्द्र संग्रौलाले ओलीसंग आक्रोश पोख्दै के खालको प्रधानमन्त्री हो यो? सद्दे हो यो कि खुस्केट हो? भनेर प्रश्न गरेका छन् । आज एकाबिहानै ट्वीट गर्दै उनले उक्त आक्रोश ट्वीटरमार्फत पोखेका हुन् ।
संग्रौलाले प्रधानमन्त्री ओलीले आफ्नो चमत्कारी शासनमा यतै विकास, उतै प्रगतिः यतै समृध्दि, उतै सुख, र अब अक्सिजनको अभावका दिन पनि सकिए भनी स्वगाथा गाउँदै गर्दा पोखरामा अक्सिजन नपाएर बिरामीहरू भुतुभुतु मर्दै रहेछन् भन्दै प्रधानमन्त्रीलाई सचेत गगराएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो चमत्कारी शासनमा यतै विकास, उतै प्रगतिः यतै समृध्दि, उतै सुख, र अब अक्सिजनको अभावका दिन पनि सकिए भनी स्वगाथा गाउँदै गर्दा पोखरामा अक्सिजन नपाएर बिरामीहरू भुतुभुतु मर्दै रहेछन्। हैन, कुन धरातलमा उभिएको, कुन देशको, के खालको प्रधानमन्त्री हो यो? सद्दे हो यो कि खुस्केट हो?