बाग्मती

काँग्रेसबाट निर्बाचित साँसद/जनप्रतिनिधिहरुले संक्रमितलाई अप्ठ्यारो परे सम्पर्क गर्न गरे अपील

१६ जेठ, काठमाडौं । काठमाडौं महानगरपालीका वडा नम्बर १० ले कोरोना संक्रमण हुनुभएका आफ्नो वडाभित्र पर्ने नागरीकहरुलाई संक्रमण भएमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

वडा नम्बर १० का वडाध्यक्ष रामकुमार केसीको संयोजकत्वमा बनेको मध्यबानेश्वरस्थीत आईसोलेशन सेन्टर स्थापना भएको भन्द्रै स्वयम् सेवा गर्न ईच्छुक तथा कोरोना संक्रमित दुबैले वडाध्यक्ष, सदस्य, प्रदेश साँसदहरु तथा अन्य समाजसेवीहरुलाई सम्पर्क गर्न नम्बरहरु दिएको छ । नम्बरहरु लेटरप्याडको साईडमा नै भएका र तयहीँ सम्पर्क गर्न अनुरोध गरिएको छ ।
नेपाली काँग्रेसबाट निर्बाचित प्रदेश साँसदहरु, वडाध्यक्ष तथा सदस्यहरु वडाका जनतालाई कोरोना संक्रमणबाट बचाउन, उपचार गर्न तथा रोकथामका लागि रातदिन सकृय रहेको बताउँछन् ।