काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले फिनल्यान्डकी प्र.म.मरिनले सरकारी पैसामा खाजा खाने गरेको भनेर पत्रिकाले लेखेपछि उनीमाथि प्रहरीले अनुसन्धान गर्ने भएको बताएका छन्।
गुरुङले यहाँ भने वाइडबोडी जहाज,बालुवाटार जग्गा,स्वास्थ्य सामाग्री आदि काण्डमा अरबौं खाँदा पनि छानबिन नभएको बताएका छन् । उनले लेखेका छन्, “फिनल्यान्डकी प्र.म.मरिनले सरकारी पैसामा खाजा खाने गरेको भनेर पत्रिकाले लेखेपछि उनीमाथि प्रहरीले अनुसन्धान गर्ने भएछ।यहाँ त प्र.म.निवासमा हुने भतेरको कुरै नगरौं। वाइडबोडी जहाज,बालुवाटार जग्गा,स्वास्थ्य सामाग्री आदि काण्डमा अरबौं खाँदा पनि छानबिन भएन। भ्रष्ट नेताहरुले देश लुटे!”