१७ जेठ, काठमाडौं। नेकपा एमालेका युवा नेता बिदुर प्रसाद घिमिरेले माधव नेपाल र झलनाथ खनाल समूहको एमालेमा काम नभएको बताएका छन् । नेता घिमिरेले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारलाई समाप्त पार्ने षढ्यन्त्रमा लागेका भुइँपुत्ली र ब्वाँसाहरुको एमालेमा कुनै पनि स्थान दिन नहुने बताएका छन् ।
उनले प्रधानमन्त्रीसमेत रहेका एमालेको नेतृत्व गर्नुभएका केपी शर्मा ओलीलाई असफल बनाउन लागिपरेका माधव र झलनाथ समूहरु फ्याँकिसकेका अैंझेरु भएकाले उनीहरुलाई एमालेले महत्व दिँदा आम कार्यकर्ताको अपमान हुने दाबी गरे । एमाले भनेको देश र जनताको माया गर्ने पार्टी भएको दाबी गर्दै योगेश भट्टराईलाई प्रधानमन्त्रीले एकीकरणका लागि दिएको समय भित्र उनीहहरु मिल्न आएपनि मिलाउन नहुने बताए ।
आगामी कात्तिक र मंशिरमा निर्बाचन कुनैपनि हालतमा सम्पन्न हुने बताउँदै निर्बाचन शान्तिपूर्ण र भयरहित अवस्थामा गर्नका लागि सरकार लागिरहेको स्पष्ट देखिएको बताए । उनले सरकार कति देश र जनताप्रति उत्तरदायी छ भन्ने कुरा नेपाली जनताले सरकारले ल्याएको केहीदिन अगाडीको बजेटबाट स्पष्ट हुने दाबी गरे ।
प्रतिनिधि सभा बिघटन माधव र झलनाथको रवैयाका कारण भएको दाबी गर्दै एमालेमात्र नबिगारेर लोकतन्त्र, पार्टी प्रणाली र देशको राजनीति नै बिगार्न खोजेका कारण जनताको अभिमतका लागि प्रधानमन्त्रीको सिफारिसमा संंसद भंग गरी निर्बाचन घोषणा गर्नुपरेको उनले बताए ।