१७ जेठ, काठमाडौं । हाल ईन्टरनेशनल ट्रान्र्सपोर्ट वर्कस फेडेरेशन, बेलायतले आफु आबद्ध विश्वभरीका ट्रेड युनियनहरु मार्फत आ–आफनो देशका सरकारलाई विश्व व्यापार संगठन बाट केही वर्ष अगाडि बाट लागु भएको स्वास्थ्य अर्थात फर्मास्युटिकल क्षेत्रको टे्रड रिलेटेड एसपेक्टस अफ ईन्टेलेक्चुएल प्रोपर्टी राईटसलाई आगामी तिन वर्षको लागि निलम्बन गर्नका लागि विश्व व्यापार संगठनको आउदो जुन ८ तारिखको बैठकमा सहमति गर्न तथा आवाज उठाउन लबिंग गर्न पत्राचार गर्न विश्वव्यापी अभियान थालेको छ । सो अन्र्तराष्ट्रिय कानुन हाललाई निलम्बन भएमा कोभिड १९ लाई पराजित गर्न विभिन्न देशमा बनेको भ्याक्सीन लगायत आबश्यक स्वास्थ्य सामग्री कुनै पनि मुलुकले सहजै उत्पादन गर्न सक्ने र कोभिड १९ लाई पराजित गर्न सकिने मान्यता फेडेरेशनले राखेको छ ।
सोही अनुसार नेपालमा रहेको तिन वटा फेडेरेशन आबद्ध टे्रड युनियनहरु का तर्फ बाट नेपाल सरकारका प्रधानमन्त्रीलाई पनि सो फेडेरेशनको आईटिएफ राष्ट्रिय समन्वय समिती, नेपालले समेत जुन ८ को विश्व व्यापार संगठनको बैठकमा नेपाल सरकारले पनि सो स्वास्थ्य अर्थात फर्मास्युटिकल क्षेत्रको टिप्स कानुन निलम्बनको लागि सहमति जनाओस भन्दै आज पत्राचार गरेको छ ।
फेडेरेशनमा विश्वभरीको १५० देशमा ७०० भन्दा बढी टे्रड युनियनहरु आबद्ध रहेका छन भने दुई करोड बढी सदस्य संख्या रहेको सो फेडेरेशनले यस अभियानले सार्थकता पाएमा कोभिड १९ लाई चाडो तथा सहजै पराजित गर्न सकिने धारणा सो फेडेरेशनका विश्व कार्य समिती सदस्य तथा राष्ट्रिय समन्वय समिती, नेपालका अध्यक्ष अजय कुमार राई बताउछन् । स्मरण रहोस सो कानुन निलम्बनका लागि भारत तथा साउथ अफ्रिकको सरकारले गत अक्टोबरमा नै विश्व व्यापार संगठनमा प्रस्ताव पत्र बुझाई सकेका छन् ।