राजनीति

प्रधानमन्त्रीको अधिनायकवादको तानाशाह बन्ने पूर्वाभ्यास दिवास्वप्नको चाहना मात्रै होः डा कोईराला

१८ जेठ, काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य एबम् प्रभावशाली नेता डा शेखर कोईरालाले प्रधानमन्त्रीको पूर्वन्यायाधीशहरु र कानुन व्यवसायीहरु प्रतिको नकारात्मक टिप्पणी सन्दर्भमा तीन वटा टिप्पणी गरेका छन् ।
डा कोईरालाले पहिले टिप्पणीको रुपमा, हामी सबै गणतन्त्रको आन्दोलनमा होमिंदा वर्तमान प्रधानमन्त्री गणतन्त्रबारे वयलगाडा चढेर अमेरिका पुगिन्न भन्नुहुन्थ्यो तर ती सबै वकिलहरु कालो कोटमा हामीसँगै आन्दोलनमा र कतिपय त जेलमै थिए । आज ती वकिलहरुको मानमर्दन गर्दा उनीहरुको लोकतन्त्र प्रतिको निष्ठामा चोट पुगेको छ । कति चाँडै बिर्सन सकेको उनीहरुको योगदान ? प्रश्नसहित राखेका छन् ।
उनले दोस्रो टिप्पणीको रुपमा तानाशाहहरुको पतन न्यायालयले गरेको उदाहरण खोज्न अन्त जानु पर्दैन, हाम्रै देशमा सर्वोच्च अदालतले शाही आयोग खारेज नगरिदिएको भए आज नेपालका गणतन्त्र आएको नहुन सक्थ्यो भन्ने कल्पना गरेका छन् । डा कोईरालाले ओलीको गलत कृयाकलापका बिरुद्धमा सार्बजनिक आह्वान गर्दै भनेका छन्, सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।
डा कोईरालाको ट्वीट: डा कोईरालाले तेस्रो वा अन्तिम टिप्पणीको रुपमा पाकिस्तानमा तानाशाहीको पतन अदालतले नै गरेको कुरा यहाँ म प्रधानमन्त्रीलाई स्मरण गराउँन चाहन्छु। मेरो बुझाईमा प्रधानमन्त्रीको न्यायालय र कानुन व्यवसायीहरु प्रतिको टिप्पणी हारेको मानसिकताको उपज, लोकतन्त्रको उपहास, गणतन्त्रको अवमूल्यन, अधिनायकवादी व्यवस्थाको पूर्वाभ्यास र तानाशाह बन्ने दिवास्वप्नको चाहना मात्रै भएको दाबी गरेका छन् ।
सजग बनौं, आ-आफ्नो क्षेत्रबाट सशक्त प्रतिकार गरौं ।