सामाजिक सञ्जाल

गुरुगंको आह्वानः चुरे आमाको मासुको चोक्टा हो, नेपाल आमाको मासुको चोक्टा बेच्न नदिऔं

१९ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरुभूमि बनाउने हो सरकार ? भन्दै प्रश्न गरेका छन् । उनले सत्ताकै लागि नागरिकता विधेयक सौदबाजी गर्‍यौ, अब देशलाई मरुभूमि बनाएर बिदेशी प्रभुलाई गिट्टी ढुंगा? अर्को प्रश्न थपेको छन् ।
नेता गुरुगंले भनेका छन्, यो गिट्टी ढुंगा हैन, यो नेपाल आमाको मासुको चोक्टा हो। नेपाल आमाको मासुको चोक्टा बेच्न नदिऔंं।
सबैले खवरदारी गरौं।

धनराज गुरुगंको स्टाटस्ः गिट्टी ढुंगा बेचेर ऋण तिर्ने नाममा मधेशलाई मरुभूमि बनाउने हो सरकार ?
सत्ताकै लागि नागरिकता विधेयक सौदबाजी गर्‍यौ। अब देशलाई मरुभूमि बनाएर बिदेशी प्रभुलाई गिट्टी ढुंगा?
यो गिट्टी ढुंगा हैन, यो नेपाल आमाको मासुको चोक्टा हो। नेपाल आमाको मासुको चोक्टा बेच्न नदिऔं।
सबैले खवरदारी गरौं।