राजनीति

राजपरिवारको हत्या रहस्य निष्पक्ष छानविन गर्न आयोग गठन गरी सदाका निम्ति अन्त्य गरौंः डा भट्टराई

१९ जेठ, काठमाडौं । जनता समाजबादीका अध्यक्ष डा बाबुराम भट्टराईले दरबार हत्याकाण्ड भएको २० बर्ष भएको सन्दर्भमा हत्याकाण्डबारे सत्यतथ्य छानबिन गर्नुपर्ने विचार ब्यmक्त गरेका छन् । उनले ट्वीट गर्दै, ‘राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानविन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं!’ भनेका छन् ।

उनले ट्वटीट गर्दै भनेका छन्, ‘राजा वीरेन्द्रको वंशनाश भएको नारायणहिटी हत्याकाण्डको २० बर्ष भैसक्दा पनि त्यसवारे सत्यतथ्य स्थापित हुन नसक्नु र आरोप प्रत्यारोपको शृंखला चलि रहनु हाम्रो लोकतान्त्रिक गणतन्त्र निम्ति शोभनीय हैन। राष्ट्रिय सहमतिले उच्चस्तरीय र निष्पक्ष छानविन आयोग गठन गरी यो रहस्य सदाको निम्ति अन्त्य गरौं!’