२० जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले सत्तास्वार्थमा निर्लिप्त हुनेहरू संविधानलाई निजी सम्पत्ति जस्तो गरेर कति तल झर्न र गैरजिम्मेवार कामकुरा गर्न उद्दत हुदारहेछन् भन्ने प्रष्ट भएको बताएका छन् ।
नेता रावलले प्रधानमन्त्री केपीको नेतृत्वमा काम चलाउ सरकारद्वारा एउटा समूहसंग भएको सम्झौतामा नेपालको संविधान संशोधन गर्ने विषय पनि उल्लेख भएको भन्दै आपत्ती जनाएका छन् । नेता रावलले सामाजिक सञ्जालमा ट्वीट गर्दै ओली सरकारले गरेको संबिधान संसोधनको बिषयमा कडा बिरोध गरेका छन् ।
उनको ट्वीटः प्रधानमन्त्री केपीको नेतृत्वमा काम चलाउ सरकारद्वारा एउटा समूहसंग भएको सम्झौतामा नेपालको संविधान संशोधन गर्ने विषय पनि उल्लेख छ। सत्तास्वार्थमा निर्लिप्त हुनेहरू संविधानलाई निजी सम्पत्ति जस्तो गरेर कति तल झर्न र गैरजिम्मेवार कामकुरा गर्न उद्दत हुदारहेछन् भन्ने प्रष्ट भएको छ।