२० जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्री ओलीको पदीय यात्रा/शासनमा ‘सुनदेखि नुनसम्म’ कमिसन र भ्रष्टाचारमात्र भएको बताएका छन् । उनले यो अतिशयोक्ति हैन भन्दै यत्रो महामारीमा कमिसनकै चक्करमा लागेर खोप समेत खरिद नगरीकन बस्ने भ्रष्ट सरकारको जति बिरोध गरे पनि कम हुन्छ भनेका छन् ।
नेता गुरुगंले तथापि खवरदारी गर्न नछाडौं भन्दै सार्बजनिक आह्वानसमेत गरेका छन् । उनले ट्वीट गर्दै ३३ किलो सुनको प्रतिवेदन लुकाएर पुगेन सरकार ? अब नुनमा समेत नीतिगत भ्रष्टाचार ? जस्ता गम्भीर प्रश्नहरु तेस्र्याएका छन् ।
नेता गुरुगंको ट्वीटः
प्रधानमन्त्री ओलीको पदीय यात्रा ‘सुनदेखि नुनसम्म’ कमिसन।
३३ किलो सुनको प्रतिवेदन लुकाएर पुगेन सरकार ?
अब नुनमा समेत नीतिगत भ्रष्टाचार ?
यो अतिशयोक्ति हैन। यत्रो महामारीमा कमिसनकै चक्करमा लागेर खोप समेत खरिद नगरीकन बस्ने भ्रष्ट सरकारको जति बिरोध गरे पनि कम हुन्छ।
तथापि खवरदारी गर्न नछाडौं।