सामाजिक सञ्जाल

अध्यक्ष कमरेडको आव्हानलाई नकार्दै बेतुकका कुरा गर्नु एकता नचाहनु हो : शान्ता चौधरी

काठमाडौं । नेकपा एमालेकी नेत्री शान्ता चौधरीले अध्यक्ष केपी शर्मा ओलीको आव्हानलाई नकार्दै बेतुकका कुरा गर्नु एकता नचाहेको बताएकी छन्। चौधरीले अब पनि अस्विकार गर्नु भनेको बिरोधिसँग पार्टीलाई ध्वस्त बनाउने कसम खाइएको रहेछ की भनेर बुझ्नपर्ने बताएकी छन्।

“हामी कार्यकर्ता गरेको यस्ता शकालाई मिथ्या प्रमाणीतगरेर एकता कायम राखौ, लाखौ कार्यकर्ताको चाहना पुरा गरौ।” चौधरीले सामाजिक संजालमा लेखेकी छन्।

पार्टीलाई ०७५ जेठ जेठ २ को अवस्थामा पुर्‍याउन पर्‍यो भन्ने माग थियो पुरा भएको चौधरीले बताएकी छन् । पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले देश भरका पार्टी कार्यकर्ताको भावनाको सम्मान गरेको बताएकी छन्।

चौधरीले लेखेकी छन्, “अध्यक्ष कमरेडको आव्हानलाइ नकार्दै बेतुकका कुरा गर्नु एकता नचाहनु हो ।अब पनि अस्विकार गर्नु भनेको बिरोधिसग पार्टीलाई ध्वस्त बनाउने कसम खाइएको रहेछ की भनेर बुझ्नपर्ने हुन्छ । त्यसैले हामी कार्यकर्ता गरेको यस्ता शकालाइ मिथ्या प्रमाणीतगरेर एकता कायम राखौ लाखौ कार्यकर्ताको चाहना पुरा गरौ । पार्टीलाई ०७५ जेठ जेठ २ को अवस्थामा पुर्‍याउन पर्‍यो भन्ने माग थियो पुरा भयो । पार्टीका श्रद्धेय अध्यक्ष कमरेड केपी शर्मा ओलीले देश भरका पार्टी कार्यकर्ताको भावनाको सम्मान गर्नु भएको छ , पार्टी , आन्दोलन , देश र जनता संझिएर एकताका लागि हामीले कल्पना गरे भन्दा बढी लचिलो हुनुभएको छ।”