सामाजिक सञ्जाल

गुरुङको प्रश्न : ओलीको वक्तव्य एकतार्थ कि फुटको दोष अरुको टाउकोमा थोपार्नका लागि ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता धनराज गुरुङले नेकपा एमालेलाई जेठ ३ पूर्व फर्काउने प्रधानमन्त्री केपी शर्मा ओलीले घोषणा गर्दै एकताका लागि ६ बुँदे आह्वान गरेलगत्तै आफ्नो धारणा सार्वाजनिक गरेका छन्।

नेता धनराज गुरुङले सर्बोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता..यो वक्तव्य एकतार्थ कि फुटको दोष अरुको टाउकोमा थोपार्नका लागि ? भन्दै प्रश्न गरेका छन्।

उनले लेखेका छन्, “ओली कमरेडको एकताका शर्तहरु: १)..के.क.का सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर..४)..सर्बोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा एमालेका निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता..यो वक्तव्य एकतार्थ कि फुटको दोष अरुको टाउकोमा थोपार्नका लागि?”