२५ जेठ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टबाट राजनीतिमा नेतिकता सिक्नुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्माँ ओली समूहसँग पानीबाराबारको अवस्थामा रहेका एमाले नेता रावलले आज पुनः मुख्यमन्त्रीमा बिजय भएपछि मुख्यमन्त्री भट्टलाई बधाई दिँदै उक्त नैतिकताको कुरा उठाएका छन् ।
आज काँग्रेस र माधव नेपाल पक्षका प्रदेश साँसदहरुको मतबाट त्रिलोचन भट्टले मुख्यमनत्रीमा बिश्वासको मत लिएका छन् ।
नेता रावलले ट्वीटमा भनेका छन्ः सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई१ विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ?