२५ जेठ, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले देश र जनता बिरूद्ध देशी बिदेशी शक्तिबाट गंभीर षडयन्त्र भैरहेको सूचना पाएको जस्तो सँबेदनशील विषयलाई अमूर्त/छद्म शैलीमा होईन, जनताले बुझ्ने गरि स्पष्ट पार्न डा बाबुराम भट्टराईसँग आग्रह गरेका छन् ।
उनले केहीदिन अगाडी जसपा अध्यक्ष डा बाबुराम भट्टराईले देश र जना बिरुद्ध षढ्यन्त्र हुन लागेको आफूले सूचना पाएको बताएको कुरालाई को प्रोपगण्डा होईन र साच्चै नै षडयन्त्र भएको छ भने त्यसलाई विफल पार्नु सबैको कर्तव्य हो भनेका छन् ।
अध्यक्ष थापाको ट्वीटः देश र जनता बिरूद्ध देशी बिदेशी शक्तिबाट गंभीर षडयन्त्र भैरहेको सूचना पाएको
@brb1954 ले वताएका छन्। यस्तो सम्वेदनशील विषयलाई अमूर्त/छद्म शैलीमा होईन, जनताले बुझ्ने गरि स्पष्ट पार्न आग्रह छ।
@brb1954 को प्रोपगण्डा होईन र साच्चै नै षडयन्त्र भएको छ भने त्यसलाई विफल पार्नु सबैको कर्तव्य हो