२६ जेठ, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेको एकताको मुल जड ? भन्ने कुराको खुलासाा गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने भनेका छन् भने अर्कोतर्फ कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने प्रतिकृया दिएका छन् ।
नेकपा एमाले मिलाउने समितिमासमेत रहेका नेता भट्टराईले कस्ले, किन र के कालागि गर्दैछ यो सब ? भन्दै प्रश्न गर्दै एमाले एकताको समस्याको मुल जड यहिं छ भनेका छन् ।
उनले यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी रहेको बिचार ब्यक्त गरेका छन् ।
उनको स्टाटस्ः
एमालेको एकताको मुल जड ?
कमरेड केपी ओली आफ्नै पार्टीका बरिस्ठ नेता कमरेड जे एन खनाल र कमरेड माधव नेपालसँग सहकार्य गर्न तयार नहुने तर महन्त ठाकुर र राजेन्द्र महतोसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कमरेड जे एन खनाल र माधव नेपाल आफ्नै पार्टीका अध्यक्ष कमरेड केपी ओलीसँग मिल्न तयार नहुने तर शेर बहादुर देउपा, प्रचण्ड र उपेन्द्रसँग सत्ता साझेदारी र अन्य बिषयमा गठबन्धन गर्न तयार हुने ।
कस्ले, किन र के कालागि गर्दैछ यो सब ?
एमाले एकताको समस्याको मुल जड यहिं छ ।
यस बिषयमा कमरेडहरु बिचमा गम्भिर छलफल हुनु र साझा निश्कर्सका साथ साझा अभियान मार्फत एमालेको एकता बचाउन जरुरी छ ।