२६ जेठ, काठमाडौं । डा बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिगमनकारी कार्यका बिरुद्धमा नयाँ राजनीतिक ध्रुबिकरण आउनसक्ने संकेत गरेका छन् । उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कम्युनिष्ट भन्ने शब्द नै बदनाम गराएको दाबी गर्दै नयाँ राजनीतिक ध्रुबिकरण हुनसक्ने आँकलन गरेका छन् ।
जनता समाजबादीका अध्यक्षसमेत रहेका डा भट्टराईले ट्वीट गर्दै अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ भन्ने तर्कसमेत दिएका छन् । उनले कुन ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुविकरण पनि गराउन सक्ने बताएपनि नयाँ राजनीतिक दीशा के हो भनेका भने छैनन्, कहिलेकाँही साँस्कृतिक राजा राख्न सकिने तर्क दिने डा भट्टराईको उक्त भनाईप्रति राजसंस्थासँग सहकार्य गरेर अगाडी जाने प्रयासमा डा भट्टराई त छैनन् भन्ने प्रश्न वा संकेत गरेको भन्न सकिने अवस्था भने रहन्छ ।
पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको सबैभन्दा बढी बिरोधीको रुपमा रहेका डा भट्टराईले कुनैपनि हालतमा केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने बिचार राख्दै आएका छन् । प्रधानमन्त्री ओली भने कुनैपनि हालतमा आफु रहनुपर्ने रणनीतिमा रहेको पछिल्ला प्रधानमन्त्री ओलीका राजनीतिक कृयाकलापले स्पष्ट गर्छ ।
डा भट्टराईको स्टाटस्ः भनिन्छ कुनै पनि संकट नयॉ सम्भावना लिएर आउॅछ। ओली प्रतिगमनविरोधी संयुक्त संघर्षले नयॉ राजनीतिक ध्रुवीकरण पनि गराउन सक्छ। ओलीले ‘कम्युनिष्ट’ पदावलीलाई नै बदनाम गराइसकेको अवस्थामा फेरि अर्को ‘असली कम्युनिष्ट’को कुरा गर्नु ‘बरमझियाको असली बाजेको पेडा’ हुनसक्छ। सबैले नयॉ ढंगले सोचौं !