राजनीति

धनराजको टिप्पणीःओलीले नयाँ पुस्तालाई प्रधानमन्त्री बनाउँदै माधव/झलनाथलाई सुकुलमा सुताउँछन्

२६ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेका नयाँ पुस्तालाई प्रधानमन्त्री बनाउनसक्ने आँकलन गरेका छन् । प्रधानमन्त्री ओलीले पनि नेतृत्व पुस्तान्तरणको कुरा उठाईरहेका बेला नेता गुरुगंले नेतृत्व पुस्तान्तरण गर्दै माधव नेपाल र झलनाथ खनाललाई कुकुलामा धान सुकाए जसरी सुकाउने दाबी गरेका छन् ।


नेकपा एमालेमा केपी शर्मा ओली पक्ष र माधव कुमार नेपाल पक्षको बिबादले पार्टी एक भएपनि गतिबिधि अनेक भएकोलाई नेता गुरुगंले माधव नेपाल समूहलाई एकीकरण गर्न बाधय पार्दै काँग्रेसलगायतका बिपक्षी दललाई पनि तिरिमिरिझ्याँई पार्ने बताएका छन् । उनले यो ओलीको नयाँ अस्त्र भएको दाबी गरेका छन् ।
गुरुगंको ट्वीटः
ओलीको सम्भावित अस्त्रः
दोश्रो तहको नेतालाई प्र।धानमन्त्री बनाउने प्रस्ताव ल्याउने। यो प्रस्ताव बमोजिम माधव समुहलाई एकता गर्न बाद्य पार्ने।
आफ्नै खराउ कुर्सीमा राखेर चलाउने पात्रलाई प्रधानमन्त्री बनाउने।
अन्ततोगत्वा माधव(झलनाथलाई सुकुलमा सुकाउने१
अरु दलका नेताहरुलाई तिरिमिरी झ्याँई पार्ने१