स्वास्थ्य

आज कोरोनाबाट ८१ जनाको निधन, थपिए ३ हजार ४४९ जना संक्रमित

२६ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ८१ जनाको निधन भएको छ । आज ३ हजार ४४९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । आज १२ हजार ७४जनामा कोरोना परीक्षण गरिएकोमा उक्त संक्रमण भेटिएको हो । जम्मा ४ हजार ३४४ जनामा कोरोना संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज ५७ सय ६८ जनाले कोरोना जितेका छन् ।