सामाजिक सञ्जाल

धनराजको प्रश्नः कोरोना खोप पहुँचवालाका लागि मात्र हो र? सबै नागरिकलाई बराबर हैन र ?

२७ जेठ, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले माननीयहरुले तोकिएको मापदण्ड विपरीत आफन्त र आफ्न कार्यकर्तालाई खोप उपलब्ध गराउनु निन्दनीय भएको बताएका छन्। नेता गुरुगंले ट्वीट गर्दै एकातिर सरकारले खोप ल्याउन नसकिरहेको बेलामा बिदेशी अनुदानमा आएको खोपमा समेत राजनैतिक पहुँचको दादागिरी चलेपछि सर्बसाधरणका लागि खोप ूआकाशको फल आँखा तरी मर भएको दाबी गरेका छन् ।
उनले प्रश्न गर्दै भनेका छन्, कोरोना भाईरस बिरुद्धको खोपका लागि सबै नागरिक बराबर हैन र ?

माननीयहरुले तोकिएको मापदण्ड विपरीत आफन्त र आफ्न कार्यकर्तालाई खोप उपलब्ध गराउनु निन्दनीय छ।
एकातिर सरकारले खोप ल्याउन नसकिरहेको बेलामा बिदेशी अनुदानमा आएको खोपमा समेत राजनैतिक पहुँचको दादागिरी चलेपछि सर्बसाधरणका लागि खोप ‘आकाशको फल आँखा तरी मर’ हुने भयो।
सबै नागरिक बराबर हैन र ?