स्वास्थ्य

आज कोरोनाका कारण ६७ जनाको निधन, ५२ सय २५ संक्रमित निको भए

२८ जेठ, काठमाडौँ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६७ जनाको निधन भएको छ । १५ हजार १८२ जनामा कोरोना परीक्षण गर्दा ३७ सय ५० जना संक्रमित थपिएका छन् । आज कोरोना जितेर फर्किने ५२ सय २५ जना संक्रमित भएका छन्।