स्वास्थ्य

कोरोना संक्रमणबाट जम्मा ६१ जनाको निधन, संक्रमित थपिए ३३ सय ८४ जना

२९ जेठ, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ६१ जनाको निधन भएको छ । १४ हजार ४९४ जनामा कोरोना परीक्षण गर्दा जम्मा आज ३३ सय ८४ जनामा संक्रमण पुष्टी भएको छ ।

आज ६२ सय ९५ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट नेपालमा निधन हुने ८३ सय ६६ जना पुगेका छन् ।