लुम्बिनी

बाढीपीडितको तत्काल उद्दार/राहतको व्यवस्थापन गर्दै बेपत्ताको खोजी गर्न प्रकाशमानको माग

२ असार, काठमाडौं । नेपाली काँग्रेसका पुर्व महामन्त्री एबम् केन्द्रीय सदस्य प्रकाशमान सिंहले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढी पहिरोले त्यहाँको जनजीवन कष्टकर बनाएको छ तत्कालै उद्दार राहतको लागि सरकार गम्भीरताका साथ पहल थाल्न अपिल गरेका छन् ।
नेता सिंहले खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको भन्दै बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
पुर्व उपप्रधानमन्त्रीसमेत रहेका नेता सिंहले भनेका छन्, ‘थप क्षति हुन नदिन सरकारले तत्काल काम अघि बढाओस् । देशभर बाढी पहिरोको मारमा पर्नुभएका आम नागरिकको दुखमा सबैले आआफ्नो ठाउँबाट साथ र सहयो गर्न पनि सबैलाई म हार्दिक अपिल समेत गर्दछु । सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् घाइते हरुको उपचार बिस्थापितको ब्यवस्थापन कुनै कसुर बाँकी नहोस कोरनाको मापदण्ड पालना गर्दै आआफ्नो ठाउँबाट जुटौ’
नेता सिंहको भनाईः सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागमा अविरल वर्षाका कारण आएको बाढि पहिरोले त्यहाँको जनजीवन कष्टकर बनाएको छ तत्कालै उदार राहतको लागि सरकार गम्भीरता का साथ पहल थाल्न अपिल गर्द्छु । खोलामा पानीको बहाव बढ्दा मेलम्ची क्षेत्रका धेरै बजार र पक्की पुलहरूमा ठूलो क्षति भएको छ । बाढीका कारण घरबार बिहिन भएकाहरुको तत्कालै उद्दार तथा राहतको व्यवस्थापन गर्न र बेपत्ताहरुको खोजी गर्न सरकारको ध्यानाकर्षण गराउँदछु । थप क्षति हुन नदिन सरकारले तत्काल काम अघि बढाओस् । देस भर बाढी पहिरो को मारमा पर्नुभएका आम नागरिकको दुखमा सबैले आआफ्नो ठाउँबाट साथ र सहयो गर्न पनि सबैलाई म हार्दिक अपिल समेत गर्दछु । सरकारले तत्काल राहतको प्याकेज घोषणा गरोस् घाइते हरुको उपचार बिस्थापित को बवस्थापन कुनै कसुर बाकि नहोस कोरना को मापदण्ड पालना गरदै आआफ्नो ठाउँबाट जुटौ । जय नेपाल ।