५ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले गरीबलाई छाक टार्न धौधौ छ तर स्विस बैंकमा नेपालीको कालो धनको मौज्दात १ बर्षमै २२ अर्बबाट ४६अर्ब ? भन्दैप्रश्न गरेका छन् । उनले ट्वीट गर्दै यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी जस्ता दर्जनौं काण्डहरुलाई नियाल्दा यो विषयमा पनि प्रधानमन्त्रीज्युले छानवीन हैन ढाकछोप नै गर्नुहोला भन्दै सल्लाह दिएका छन् ।
नेता गुरुगंले ब्वाँसाहरुले देश रित्याउने भए भन्ने टिप्पणी गर्दै भ्रष्ट शासन भएको भनेका छन् ।
नेता गुरुगंको ट्वीटः
गरीबलाई छाक टार्न धौधौ छ तर स्विस बैंकमा नेपालीको कालो धनको मौज्दात १ बर्षमै २२ अर्बबाट ४६अर्ब ?
ब्वाँसाहरुले देश रित्याउने भए।
यती, ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेस, वाइडबडी जस्ता दर्जनौं काण्डहरुलाई नियाल्दा यो विषयमा पनि प्रधानमन्त्रीज्युले छानवीन हैन ढाकछोप नै गर्नुहोला।
भ्रष्ट शासन!