५ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३४ जनाको निधन भएको छ । यसै समयमा २४ सय १ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । ११ हजार ६९६ जनामा कोरोना परीक्षण गर्दा उक्त संक्रमीत भेटिएका छन् । अहिलेसम्म कोरोना संक्रमणबाट निधन हुने ८६ सय ७५ जना पुगेका छन् ।