सामाजिक सञ्जाल

भ्रष्टाचारीलाई कारबाही गर्ने जिम्मेवारी पाएपनि ठुलाबडाका अगाडि अख्तियार लत्रिन्छः नेता गुरुगं

६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले ठुलाबडाका अगाडि अख्तियार लत्रिन्छ भन्ने बताएका छन् । उनले नेपाल आययल निगमको जग्गाको मुद्धा अख्तियारमा तामेलीमा बसेको धेरै भएको र बिपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको भ्रष्टाचार मुद्धा अख्तियारमा भएपनि त्यसमा संलग्न भ्रष्टाचारीलाई कारबाही नभएकोमा दुःख ब्यक्त गरेका छन् ।
नेता गुरुगंले ट्वीट गर्दै अदुअआले छानवीन गरि दोषीलाई कठघरामा उभ्याएको हेर्न चाहन्छु भनेका छन् ।
उनको ट्वीटः
विपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको अर्बौंको भ्रष्टाचार सम्बन्धि उजुरी अदुअआमा !
अदुअआले छानवीन गरि दोषीलाई कठघरामा उभ्याएको हेर्न चाहन्छु।
तर आयल निगम जग्गा खरिदको १अर्ब ६ करोड भ्रष्टाचारको फाइल अदुअआले तामेलीमा राखेको धेरै समय भएको छैन।
ठुलाबडाका अगाडि अख्तियार लत्रिन्छ।