सामाजिक सञ्जाल

म नै अध्यक्ष हुनुपर्छ भन्ने छैन तर राप्रपाको माहाधिवेशन भने समयमा हुनैपर्छः अध्यक्ष थापा

७ असार, काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन तर पार्टीमा हाल कायम गतिहिनता अन्तगर्न महाधिवेशन अनिवार्य छ भनेका छन् । उनले ट्वीट गर्दै महाधिवेशनले नयॅा नेतृत्व छनौट र नयॅा कार्यदिशा तयार गर्छ भन्ने दाबी गर्दै माहाधिवेशनले पार्टी कार्यकर्ताहरूको बिश्वास जितेर नयॅारपुरानारयुवा जो आएपनि त्यसले पार्टीलाई गतिशीलरबलियो बनाउॅछ।
अध्यक्ष थापाले पार्टी कार्यकर्तालाई आग्रह गर्दै राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जॅादा परिणाम निराशाजनक हुनसक्छ।त्यसले पार्टिको भविष्यलाई प्रभावित गर्छ त्यसैले स्वास्थ मापदण्डको पालनागर्दै महाधिवेशनको तयारीमा जुटौं भनेका छन् । उनले संसदको चुनाव कहिले हुन्छ, अदालतको फैसलामा भर पर्छ। तर, आगामी फागुनरचैतमा स्थानीय चुनाव हुने निश्चित छ भन्ने ठोकुवा गरेका छन् ।

उनको ट्वीटः पार्टीमा हाल कायम गतिहिनता अन्तगर्न महाधिवेशन अनिवार्य छ। महाधिवेशनले नयॅा नेतृत्व छनौट र नयॅा कार्यदिशा तयार गर्छ। म नै नेतृत्वमा आउनु पर्छ भन्ने जरूरी छैन।पार्टी कार्यकर्ताहरूको बिश्वास जितेर नयॅारपुरानारयुवा जो आएपनि त्यसले पार्टीलाई गतिशीलरबलियो बनाउॅछ। संसदको चुनाव कहिले हुन्छ, अदालतको फैसलामा भर पर्छ। तर, आगामी फागुनरचैतमा स्थानीय चुनाव हुने निश्चित छ। राप्रपामा हाल कायम गतिहिनता कै अवस्थामा चुनावमा जॅादा परिणाम निराशाजनक हुनसक्छ।त्यसले पार्टिको भविष्यलाई प्रभावित गर्छ
त्यसैले स्वास्थ मापदण्डको पालनागर्दै महाधिवेशनको तयारीमा जुटौं