८ असार, काठमाडौं । नेकपा एमालेका सचिव भिम आचार्यले नेकपा एमालेको बिबाद मिलाउन माग गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै नेतृत्वसमक्ष ६ वटा प्रस्ताव राखेका छन् । पुर्वमन्त्रीसमेत रहेका उनले सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ भन्नेलगायतका बिषयहरु राखेर पछिल्लो समयमा भएका नेकपा एमालेका समूहगत गतिबिधिको अन्त्य गर्दै पार्टीलाई एकढिक्का बनाएर लानुपर्ने बताएका छन् ।
उनको प्रस्तावः
यतिबेला नेकपा बिभाजन र एमाले भित्रको किचलोले सिंगो राष्ट्रिय राजनिति बिथोलिएको छ । २०६२/६३ को जनक्रान्ति ले ल्याएका उपलब्धिहरु संकटमा परेका छन् ।
अहिले नेकपा एमाले भित्र घात-प्रतिघात, गुट उपगुट, बिस्वास-अविस्वास, कार्वाही-प्रतिकार्वाहि, समर्थन-बिरोध जस्ता कृयाकलाप हरू भैरहेका छन् । गत फागुन २८ गते एमालेको नाममा एउटा गुटले गरेका बिभाजनकारी निर्णय र गतिविधिहरु यसको मुख्य श्रोत हो। यस्को अन्त्यको निम्ति निम्न कार्य गर्न आवश्यक छ।
(१) पार्टी को नवौं राष्ट्रिय महाधिवेशनले निर्बाचित गरेको केन्द्रिय कमिटी र आफ्नो अधिवेशन र सम्मेलन तथा बैधानिक प्रकृयाबाट आएका मातहत कमिटी, जनसंगठन तथा पेशागत संगठन हरु तुरुन्तै विनासर्त सुचारु गरिनुपर्छ। सार्बभौम सदस्यहरुबाट निर्वाचित कमिटी सुचारु गर्न यो वा त्यो सर्त राख्नु गलत र अनधिकृत हो ।
(२) गत फागुन २३ पछि नेकपा एमालेका नाममा गरेका भनिएका सबै गुटका सबै निर्णयहरु खारेज गरिनुपर्छ र गरिएका सबै कामहरु खयष्म घोषणा गर्नु पर्दछ ।
(३) पार्टी भित्र का गुटहरुको टकरावका कारण यसबिच भयका द्वन्द्व र कामहरुको उपर्युक्त समयमा समिक्षा गर्दै भएका कमि कमजोरीहरु सच्याएर अगाडि बढ्ने प्रतिबद्धता आबश्यक छ ।
(४) आगामी दिनहरुमा पार्टी र सरकार सञ्चालन एक भएर गर्ने र आएका चुनौती हरुको एकतावद्ध भएर सामना गर्नु पर्दछ ।
(५) पार्टी लाई बिधि-बिधान र स्थापित मान्यता हरु को आधारमा संचालन गर्नु पर्दछ ।
(६) नेतृत्व ले रिस, राग, बदलाभाव, अहंकार, हिनताबोध त्यागेर धैर्य र संयमता का साथ पार्टी लाई एकतावद्ध बनाउने र सबै बामपन्थी र लोकतान्त्रिक शक्ति र पार्टीहरुसंग सुमधुर सम्बन्ध राख्दै सिंगो राष्ट्रलाई एकतावद्ध बनाएर क्रान्ति का उपलब्धिहरु रक्षा गर्दै बिकास र समृद्धिको बाटोमा अघि बढनु पर्दछ ।