राजनीति

नेता केसीको टिप्पणीः ओलीद्वारा अवैध नियुक्त मन्त्रीको खारेजले सर्वोच्चको गरिमा बढ्यो

८ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आजको अन्तरिम आदेश र अघिका निर्णयहरुले विधीको शासन,कानुनि राज्य र लोकतंत्र रक्षित अनुभूति भएको बताएका छन् । पुर्वमन्त्रीसमेत रहेका नेपाली काँग्रेसका बरिष्ठ केन्द्रीय सदस्य केसीले प्रतिनिधि सभा पुनर्स्थापना, गिट्टी,बालुवामा रोक,मनपरी राजदूत नियुक्तमा रोक, नागरिक अध्यादेश र अवैध नियुक्त मन्त्रीको खारेजले सर्वोच्च अदालतको गरिमा र सम्मान उच्च बनाएको टिप्पणी गरेका छन्।
उनले अदालतको फैसलालाई स्वागत गर्दै आज २० जना मन्त्रीलाई असंबैधानिक नियुक्ती भन्दै काम नगर्न सर्बोच्च अदालतले फैसला गरेपछि उक्त कार्यको सर्बत्र स्वागत भईरहेका बेला उनले पनि स्वागत र न्यायालयको प्रशंसा गरेका छन् ।

नेता केसीको ट्वीटः आजको अन्तरिम आदेश र अघिका निर्णयहरुले विधीको शासन,कानुनि राज्य र लोकतंत्र रक्षित अनुभूति भएकोछ। हार्दिक स्वागत। प्रतिनिधि सभा पुनर्स्थापना, गिट्टी, बालुवामा रोक,मनपरी राजदूत नियुक्तमा रोक, नागरिक अध्यादेश र अवैध नियुक्त मन्त्रीको खारेजले सर्वोच्च अदालतको गरिमा र सम्मान उच्च बनाएकोछ।