८ असार, काठमाडौं । प्रधानमन्त्रीका प्रेश सल्लाहकार सुर्य थापाले मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकेै हो र ? भनेर प्रश्न गरेका छन् । उनले प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ?, माधवंरावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ? भन्दै सर्बोच्च अदालतको निर्णयप्रति प्रश्नै प्रश्न तेस्र्याएका छन् । उनले ट्वीट गर्दै आज सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका नयाँ दुई उपप्रधान, १५ मन्त्री र तीन राज्यमन्त्री गरी २० जनाको पद गुमेपछि सल्लाहकार थापा सर्बोच्च अदालतसंग रुष्ट हुँदै प्रश्न सोधेका छन् ।
थापाको ट्वीटः प्रचण्डले हिजो गरेको भाषण र सर्वोच्चको आजको फैसलामा हुबहु ?
माधवंरावलका वक्तव्य र भाषण श्रीमान राउतको फैसलामा हुबहु ?
यो के भएछ ?
देउवालाई २०७४ अधिकार थियो, अहिले ओलीलाई छैन ?
प्रतिष्ठा कायम रहोस्, बस!
मन्त्री बनाउने, कार्यविधि र नियमावली बनाउने अधिकार अब सर्वोच्चकेै हो र ?