९ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एम् पुर्व साँसद धनराज गुरुङले ‘चार मन्त्रीले देश हाँक्न सक्दैनन्’, ‘अदालतले अफ्ट्यारो पारेकाले काम गर्न पाइएन’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीका अभिब्यक्तीप्रति ब्यंग्य गरेका छन् । सर्बोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका २० मन्त्रीलाई असंबैधानिक भन्दै पदमुक्त गरेपछि रहेका चार जनामन्त्रीले काम कसरी गर्छन् भनेपछि उक्त प्रश्नको प्रतिकृया दिँदै नेता गुरुङले प्रधानमन्त्री ओलीलाई सम्झाएका हुन् ।
नेता गुरुङले बुंदागत रुपमा दुई बुंदामा ट्वीट गरेका छन् ।
उनको ट्वीटः
१) ‘चार मन्त्रीले देश हाँक्न सक्दैनन्’– प्रधानमन्त्री ओली ।
प्रधानमन्त्री ज्यु’ दुई दर्जन मन्त्री हुँदा तपाईंले भ्रष्टाचारको ‘रथ’ त हाँक्नु भएकै हो तर देश हाँकेको त देखिएन है।
२) ‘अदालतले अफ्ट्यारो पारेकाले काम गर्न पाइएन।’– प्रधानमन्त्री ओेली।
प्रधानमन्त्रीज्यु! ‘नाच्न नजान्ने आँगन टेडो’ कि कसो प्रधानमन्त्रीज्यु ?