पु.समाचार

खगेन्द्र संग्रौलाको दाबीः ओलीतन्त्र जातीय छुवाछूतको रक्षक हो

१० असार, गलकोट । नागरिक समाजका अगुवा एबम् बुद्धिजीवी खगेन्द्र संग्रौलाले ओलीतन्त्र जातीय छुवाछूतको रक्षक हो भनेका छन् । उनले ट्वीट गर्दै सरस्वती प्रधानलाई लागेको जातीय छुवाछूतको आरोपको छानबिन हुनै नपाई शिक्षामन्त्री कृगोपालले हिरासतबाट मुक्त गराएको घटनालाई अध्ययन गर्दा ओली सरकार छुवाछुतको रक्षक भएको दाबी गरेका हुन् ।
संग्रौलाले छुवाछूतको यो अपराधबारे कांग्रेस, एमाओवादीको विचार के होला ? भन्दै प्रतिपक्षी दलहरुलाई प्रश्नसमेत गरेका छन् । प्रतिपक्षी दलहरुलाई ओलीतन्त्रीय छुवाछूत पन्थको मौन मतियारी त नहोला भनेका छन् । काठमाडौंमा कोठा भाडामा दलीत भएका कारण नदिएको भन्दै माहानगरीय प्रहरी बृत अनामनगरमा थुनिएकी सरस्वती प्रधानलाई थुनामुक्त गर्न शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ नै पुगेपछि संंग्रौलासहित नागरिक समाजका ब्यक्तीहरुले अनुसंधान नै नभई मन्त्री आफैं गएर छुटाउनु गलत भएको टिप्पणी गरेका छन् ।
संग्रौलाको ट्वीटः सरस्वती प्रधानलाई लागेको जातीय छुवाछूतको आरोपको छानबिन हुनै नपाई शिक्षामन्त्री कृगोपालले हिरासतबाट मुक्त गराएपछि बुझ्नुपरो- ओलीतन्त्र जातीय छुवाछूतको रक्षक हो।छुवाछूतको यो अपराधबारे कांग्रेस, एमाओवादीको विचार के होला ? ओलीतन्त्रीय छुवाछूत पन्थको मौन मतियारी त नहोला!