राजनीति

डा लोहनीको प्रश्नः राष्ट्रिय छापामा स्वीस बैंकको पैसाको सबै तथ्यआउदा पनि सरकार किन मौन?

१० असार, काठमाडौं । राप्रपा अध्यक्ष प्रकाशचन्द्र लोहनीले स्वीस बैंकमा बढेको नेपालीको अबैध रकममको बिषयमा चासो ब्यक्र गरेका छन् । उनले राष्ट्रिय छापामा सबै तथ्यआउदा पनि सरकार किन मौन छ ? भन्ने प्रश्न गरेका छन् ।उनले टीवट गर्दै विदेशमा पैसा राख्नु गैरकानुनी हो तर स्विस बैंकमा नेपालीहरुले राखेको पैसा पोहर को भन्दा न्यो वर्ष डबल बढेछ भनेर स्वीस बैंकमा बढेको रकमप्रति चासो ब्यक्त गरेका हुन् ।

डा लोहनीको ट्वीटः विदेशमा पैसा राख्नु गैरकानुनी हो तर स्विस बैंकमा नेपालीहरुले राखेको पैसा पोहर को भन्दा न्यो वर्ष डबल बढेछ
यसरि पैसा नेपालबाट बाहिर स्विस बैंकमा लगेरराख्ने को को हुन् अलिकति इमान भएको सरकार भए यस बारे खोजतलास गर्न पर्ने हो। तर राष्ट्रिय छापामा सबै तथ्यआउदा पनि सरकार किन मौन छ ?