राजनीति

देश नबुझ्ने र आफ्नोमात्र चिन्तागर्ने व्यक्ति कांग्रेसको सभापति हुन सक्तैनः नेता घिमिरे

११ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरुराज घिमिरेले नेपाली कांग्रेसमा आ–आफ्नो पद सुनिश्चित गरेर मात्र समूह निर्माण हुन सक्तैन भन्दै ठोकुवा गरेका छन् । उनले अहिलेको राष्ट्रिय आवश्यकता नबुझ्ने र आफ्नोमात्र चिन्तागर्ने व्यक्ति कांग्रेसको मुख्यनेता हुन सक्तैन भनेका छन् ।
उनले आफू केही नबनेर पनि देश बनाउँछु भन्ने को को हो ? भन्ने प्रश्न गर्दै जनता खोजेको बताएका छन् । नेपाली काँग्रेसको १४ औं माहाधिवेशन आईरहेका बेला नेता घिमिरेले गुटबनदीको बिरोध गरेका छन् । उनले देश नबुझ्ने र आफ्नोमात्र चिन्तागर्ने व्यक्ति कांग्रेसको सभापति हुन सक्तैन भनेका छन्, उनले मुख्य नेता भन्दै सभापतिलाई संकेत गरेका छन् ।
नेता घिमिरेको ट्वीटः नेपाली कांग्रेसमा आ–आफ्नो पद सुनिश्चित गरेर मात्र समूह निर्माण हुनसक्तैन। अहिलेको राष्ट्रिय आवश्यकता नबुझ्ने र आफ्नोमात्र चिन्तागर्ने व्यक्ति कांग्रेसको मुख्यनेता हुन सक्तैन। देश भड्खालोमा जाकिएको बेला केको पद बाँडफाँड ? आफू केही नबनेर पनि देश बनाउँछु भन्ने को को हो ? जनता खोज्दैछन् ।