राजनीति

राष्ट्रपति भन्दा राजा ठीक रछन् भन्ने प्रचण्ड, एकदिन राजसंस्थाको पक्षमा लविङ गर्नेछन्ः नेता लिङ्देन

११ असार, काठमाडौं । राप्रपाका नेता तथा निबर्तमान साासद राजेन्द्र लिङ्देनले नेकपा माचओबाद्यी केन्द्रका अध्यक्ष पुष्पकमल दहालले राष्ट्रपति बिद्यादेवी भण्डारीभन्दा राजा नै ठीक भएको बताउनु राजसंस्था ठीक भएको महशुस हुन थालेको प्रतिकृया दिएका छन् ।
राजसंस्था र हिन्दु धर्मको वकालतमा हिँडेका नेता लिङ्देनले देशले धेरै क्षति बेहोरी सकेपछि तपाईंहरूमा घोषित अघोषित रूपमा परिवर्तनका नाममा विगतमा ठूलाठूला भुल गरिएछ भन्ने आत्मबोधको सिलसिला सुरु भएको देखिन्छ भन्ने ट्वीटरमा टिप्पणी गरेका हुन् ।
नेता लिङ्देनले माओबादी केन्द्रका अध्यक्षले राजसंस्था हटाएर गणतन्त्र ल्याएकोमा आत्माग्लानी गर्न थालेको संकेत गर्दै कुनै दिन राजसंस्था नै ठीक थियो भनेर भन्ने संकेतसमेत गरेका छन् । नेता लिङ्देनले बिहीबार पत्रकारहरुसँगको छलफलमा अध्यक्ष दहालले राष्ट्रपति भन्दा राजा नै ठीक भनेको बिषय अहिले चर्चाको बिषय बन्न थालेको छ । राजसंस्था हटाउन १७ हजार नेपालीको ज्यान लिने नेतृत्व गरेको अध्यक्ष दहालको बिषयमा अहिले राजनीतिकबृतमा चर्चा हुन थालेको छ । अहिले त न शान रहयो नत माननै बरू राजाको बेलाको शान र माननै अलग्गै थियो भन्नु भएछ भन्दै नेता लिङ्देनको टिप्पणी आएको हो । 
@cmprachandaअहिले त न शान रहयो नत माननै बरू राजाको बेलाको शान र माननै अलग्गै थियो भन्नु भएछ।
देशले धेरै क्षति बेहोरी सकेपछि तपाईंहरूमा घोषित अघोषित रूपमा परिवर्तनका नाममा विगतमा ठूलाठूला भुल गरिएछ भन्ने आत्मबोधको सिलसिला सुरु भएको देखिन्छ।
यो आत्मबोध जरुरी छ र सत्य पनि यही हो।