१४ असार, काठमाडौं । राप्रपाका नेता राजेन्द्र लिंदेनले कालीगण्डकी केवल एक नदी मात्र नभएर एक जिवन्त सभ्यता र विशिष्ट धार्मिक स्थल पनि भएको बताएका छन् । उनले साँस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि यसको छुट्टै महत्त्व भएको बताएका छन् । उनले बहाव परिवर्तनको कुरा गर्दा यसले पार्ने दुष्प्रभावको पनि अध्ययन हुनुपर्छ भनेका छन् । नेता लिंदेनले एकलाई सुविधा दिँदा अर्काले पाईरहेको सुविधा खोसिनु हुँदैन भन्ने बिचार ब्यक्त गरेका छन् ।
उनको ट्वीटः कालीगण्डकी केवल एक नदी मात्र नभएर एक जिवन्त सभ्यता र विशिष्ट धार्मिक स्थल पनि हो। साँस्कृतिक, धार्मिक र पर्यटकीय दृष्टिकोणले पनि यसको छुट्टै महत्त्व छ।
बहाव परिवर्तनको कुरा गर्दा यसले पार्ने दुष्प्रभावको पनि अध्ययन हुनुपर्छ।
एकलाई सुविधा दिँदा अर्काले पाईरहेको सुविधा खोसिनु हुँदैन