सामाजिक सञ्जाल

काँग्रेस महाधिवेशनले शिक्षा/स्वास्थ्य पुर्ण रुपमा निःशुल्क गर्ने नीतिगत निर्णय गरौं– नेता गुरुङ

१५ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले कांग्रेसको १४औं महाधिवेशनबाट शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निःशुल्क गर्ने नीतिगत निर्णय गरौं भन्ने प्रस्ताव गरेका छन् ।
नेता गुरुङले शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क नभएसम्म समाजवाद एउटा कथामा सिमित हुन्छ भन्दै शिक्षा र स्वास्थ्य निःशुल्क गर्नुपर्ने माग गर्दै काँग्रेसको एजेण्डा नै निःशुल्क शिक्षा र स्वास्थ्व निशुःल्क हुनुपर्ने बताएका छन् ।

उनको ट्वीटः शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क नभएसम्म समाजवाद एउटा कथामा सिमित हुन्छ।
तसर्थ कांग्रेसको १४औं महाधिवेशनबाट शिक्षा र स्वास्थ्य पुर्ण रुपमा निशुल्क गर्ने नीतिगत निर्णय गरौं।
शैक्षिक मोडलको बारेमा पनि वहस चलाऔं।
पदको दावीले मात्रै कहीँ पुग्दैनौं।
खुल्ला वहस गरौं।
जय नेपाल!