सामाजिक सञ्जाल

ओलीको लैनो पाडोका जस्ता खुट्टा भएका माधव समूहका कमरेडलाई जुवामा नारेर जोत्ने प्रपञ्चः संग्रौला

१६ असार, काठमाडौं । बुद्धिजिवी तथा लेखक खगेन्द्र संग्रौलाले ओली गुटको जेठ २ मा फर्कने प्रस्ताव माधव गुटका लैनो पाडोका जस्ता खुट्टा भएका धरमरे कमरेडहरूलाई आफ्नो जुवामा नारेर जोत्ने प्रपञ्च भएको ठोकुवा गरेका छन् ।
उनले ट्वीट गर्दै एमालेका दलाल पुँजीवादी र हिन्दु राष्ट्रवादी कमरेड मेरो यो टिप्पणीलाई एमालेको एकता देखिनसहने भन्लान् भन्दै आगे गोरूहरूको जो विचार भनेका छन् ।
मंगलबारको नेकपा एमाले केपी शर्मा ओली समूहको बैठकले माओबादी केन्द्र र नेकपा एमाले मिल्नुभन्दा अगाडी जेठ २ को अवस्थामा एमालेलाई फर्काउने निर्णय गरेको भोलिपल्ट एकाबिहानै संग्रौलाले टिप्पणी गरेका छन् ।

उनको ट्वीटः एमालेका दलाल पुँजीवादी र हिन्दु राष्ट्रवादी कमरेड मेरो यो टिप्पणीलाई एमालेको एकता देखिनसहने भन्लान्। तर खास कुरो, ओली गुटको जेठ २ मा फर्कने प्रस्ताव माधव गुटका लैनो पाडोका जस्ता खुट्टा भएका धरमरे कमरेडहरूलाई आफ्नो जुवामा नारेर जोत्ने प्रपञ्च हो।आगे गोरूहरूको जो विचार!