१६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले आज असार १६ भयो। खै त खोप अभियान सरकाररु भनेर प्रधानमन्त्री केपी शर्मा ओली सरकारलाई प्रश्न गरेका छन् ।
नेता गुरुङले ट्वीट गर्दै चीन सरकारबाट ४० लाख डोज खोप खरिद गर्छौं। त्यसमध्ये प्रत्येक महिना १० लाख डोज ल्याउछौं, असार १५ भित्र पहिलो लट १० लाख डोज ल्याएर खोप अभियान सुरु गर्छौं भनेपनि उक्त सरकारको भनाई लागू नभएको बताएका छन् । उनले अब त अति नै भएको दाबी गरेका छन् ।
नेता गुरुङको ट्वीटः @PM_Nepal ज्यु ! ‘चीन सरकारबाट ४० लाख डोज खोप खरिद गर्छौं। त्यसमध्ये प्रत्येक महिना १० लाख डोज ल्याउछौं। असार १५ भित्र पहिलो लट १० लाख डोज ल्याएर खोप अभियान सुरु गर्छौं।’ भनेर खुब झ्याली पिटाइएको थियो।
आज असार १६ भयो। खै त खोप अभियान सरकार ?
सरकारको असक्षमता हदै भयो।