सामाजिक सञ्जाल

आजको एमाले बैठक ओली गुटको हो, खनाल नेपाल उपस्थीत हुँदैनः नेतृ झाँक्री

१८ असार, काठमाडौं । नेकपा (एमाले) ले बोलाएको आजको केन्द्रीय कमिटी बैठकमा वरिष्ठ नेता झलनाथ खनाल –माधवकुमार नेपाल पक्ष सहभागी नहुने नेतृ रामकुमारी झाँक्रीले बताएकी छन् । उनले ट्वीट गर्दै आज केपी शर्मा ओली पक्षले बोलाएको बैठकलाई गुटको बैठकको संज्ञा दिँदै बैठकमा उपस्थित नहुने बताएकी छन् ।
नेतृ भाँकृले भनेकी छन्, हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन।
उनको ट्वीटः भ्रममा नपरौ! भोली असार १८ गते नेकपा एमालेको नाममा आयोजना गर्ने भनिएको बैठक गुटको बैठक हो। हामीले उठाएका राजनितिक र सांगठनिक मुद्धाको सम्बोधन बिना उक्त बैठकमा सहभागी हुने कुरै आउँदैन। आज बसेको हाम्रो स्थायी कमिटीको बैठकले उक्त बैठकमा नजाने निर्णय गरेको छ।