राजनीति

कुकुरलाई माया गर्ने तर दलितलाई हेला गर्ने परम्परा जरैदेखी परिवर्तन गर्न जरुरीः नेता गुरुङ

२१ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् नेता धनराज गुरुङले कुकुरलाई माया गरेर काखमा राख्ने तर दलितलाई घृणा गर्नेहरुको भेदभावपूर्ण कार्य गलत भएको बताएका छन् ।
नेता गुरुङले सबै मान्छे नै हुन्, तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको बताएका छन् ।
उनले सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन भन्ने ठोकुवा पनि गरेका छन् ।
नेता गुरुङको ट्वीटः
कुकुरलाई प्रेमपुर्बक काखमा लिने तर दलितलाई घृणा गर्नेहरुको मानसपटलमा भरिएको विभेदपुर्ण सोंच बदल्न रुपा सुनारहरुको संघर्ष हो।
सबै मान्छे नै हुन्। तर दलितलाई मान्छे नदेख्नेहरुलाई पहिले मान्छे बनाउनुपर्ने चुनौती समाजको सामु उभिएको छ।
सामाजिक क्रान्ति दलितको मात्रै अजेण्डा हैन।