पु.समाचार

एकल महिलालाई गलत दृष्टिले हेर्ने कुसंस्कारका अवशेषहरूको पूर्णरुपमा अन्त्य होस्ः नेता लिङ्देन

२५ असार, काठमाडौं । राप्रपाका बरिष्ठ नेता राजेन्द्र लिङ्देनले एकल महिलालाई अझै पनि हेयका दृष्टिले हेर्ने कुसंस्कारका अवशेषहरूको पूर्णरुपमा अन्त्य गर्न माग गरेका छन् ।
नेता लिङ्देनले पतिको मृत्यु भएमा मृतक पतिसंगै पत्निले ज्युँदै जल्नुपर्ने अमानवीय कुप्रथा सति प्रथाको अन्त भएको आज १०० बर्ष पुगेको स्मरण गर्दै उक्त कुरा बताएका हुन् ।
नेता लिङ्देनले यस सुअवसरमा सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना ट्वीटमार्फत गरेका छन् ।

नेता लिङ्देनको ट्वीटः पतिको मृत्यु भएमा मृतक पतिसंगै पत्निले ज्युँदै जल्नुपर्ने अमानवीय कुप्रथा सति प्रथाको अन्त भएको आज १०० बर्ष पुगेको छ। यस सुअवसरमा सबै दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना !
एकल महिलालाई अझै पनि हेयका दृष्टिले हेर्ने कुसंस्कारका अवशेषहरूको पूर्णरुपमा अन्त्य होस्।