राजनीति

झलनाथको उपचार खर्च ब्यहोर्ने सरकारको निर्णयमा धनराजको प्रतिकृयाः जुका/जुम्रा/किर्नाहरुको रजगज चल्यो

२६ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले गरीब जनताले दश रुपैयाँको सिटामोल नपाउने तर ठुला नेताले लाखौंरकरोडौंको उपचार खर्च राज्यकोषबाट पाउनेरु भन्दै प्रश्न गरका छन् ।
उनले ट्वीट गर्दै म सांसद भएको बेला संसदमा विशेष समय लिएर वोल्दा ‘नेताहरु जुका, जुम्रा, किर्ना जस्ता परजीवी भए’ भनेको थिएँ भन्दै आफू साँसद भएक बेला बोलेको कुरा स्मरण गराएक छन् ।
नेता गुरुङले यहाँ त तिनै जुका, जुम्रा, किर्नाहरुको रजगज चल्छ भन्द्यै यो भन्दा बिडम्बना के हुन्छ? भनेका छन् ।

नेता गुरुङको ट्वीटः गरीब जनताले दश रुपैयाँको सिटामोल नपाउने तर ठुला नेताले लाखौंरकरोडौंको उपचार खर्च राज्यकोषबाट पाउने ?  यो भन्दा बिडम्बना के हुन्छ ?
म सांसद भएको बेला संसदमा विशेष समय लिएर वोल्दा ‘नेताहरु जुका, जुम्रा, किर्ना जस्ता परजीवी भए’ भनेको थिएँ।
यहाँ त तिनै जुका, जुम्रा, किर्नाहरुको रजगज चल्छ।