राजनीति

संविधानको धारा नचिन्ने भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्यः नेता गुरुङ

२९ असार, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता धनराज गुरुङले संविधानको धारा नचिन्ने विद्या भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्य भएको बताएका छन् ।
उनले दम्भी प्र।म।ओलीको अवसान भयो तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछ भन्दै आक्रोश पोखेका हुन् ।
संविधानको धारा उल्लेख नगरी माननीय शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा भएको उनको ठोकुवा गरेका छन् ।

नेता गुरुङको ट्वीटः दम्भी प्र.म.ओलीको अवसान भयो। तर राष्ट्रपति विद्या भण्डारीले दम्भ देखाउँदैछ।
संविधानको धारा उल्लेख नगरी माननीय शेरबहादुर देउवालाई प्र।म।नियुक्ति गर्नु राष्ट्रपति भण्डारीको दम्भको पराकाष्ठा हो।
संविधानको धारा नचिन्ने विद्या भण्डारीलाई अझै पनि राष्ट्रपति मान्नुपर्ने दुर्भाग्य !