१ साउन, काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ, ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी भएको बताएका छन् ।
आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादरफासीवादसंग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो भन्ने उदाहरण दिँदै ओलीको डा भट्टराईले कडा बिरोध गरेका छन् ।
उनको ट्वीटः खसीको टाउको छिनाली सकेपछि पनि पुच्छर केही बेर फिटीफिटी गर्छ ! ओलीको बहिर्गमनपछिको सडक तमासादेखि लुम्बिनी प्रदेशको जात्रासम्म हेर्दा त्यही पुष्टी हुन्छ! आफु कुर्सीमा नरहे आकाशै खस्छ भन्ने ओलीप्रवृत्ति हिट्लरी नाजीवादरफासीवादसंग मिल्दोजुल्दो छ, जसले अन्त्यमा सपरिवार आत्महत्या गरेथ्यो !