२१ साउन, काठमाडौं । नेपाल प्रहरीका १५ जना आईजीपीहरुले प्रहरी एकेडेमी सार्ने ओलीको निर्णय खारेज गरिपाऊँ भनेर प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको ज्ञापनपत्रमा लेखक खगेन्द्र संग्रौलाले तीन प्रश्न सोधेका छन्।
उनले यत्रोविधि जग्गा राष्ट्रपतिलाई चाहिएको कृषि फारम चलाउन हो ? भन्ने पहिलो प्रश्न सोधेका छन् भने दोस्रो प्रश्नमा शीतल निवास रापति विद्याको स्थायी निवास हो ? रहेको छ ।
लेखक संग्रौलाले अन्तिम वा तेस्रौ प्रश्नमा यत्रै अर्को संरचनाको निर्माण फजुल खर्च होइन ? भन्ने रहेको छ ।
बुधबारमात्र १५ जना पुर्व आईजीपीहरुले प्रहरी एकेडेमीलाई सार्न नहुने भन्दै पुर्ववर्ति ओली सरकारको निर्णय फिर्ता गर्न आग्रह गरेको थियो ।
उनले ट्वीटः पन्ध्रजना पूर्वआइजीपीको प्रहरी एकेडेमी सार्ने ओलीको निर्णय खारेज गरिपाऊँ भन्ने माग सही हो भन्ने पक्षमा तीन प्रश्न:
१.यत्रोविधि जग्गा राष्ट्रपतिलाई चाहिएको कृषि फारम चलाउन हो ?
२.शीतल निवास रापति विद्याको स्थायी निवास हो ?
१.यत्रै अर्को संरचनाको निर्माण फजुल खर्च होइन ?