सामाजिक सञ्जाल

संग्रौलाको प्रश्नः संसद अपहरण गर्ने पोख्रेल वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीको गद्दीमा किन बसिरा हुन् ?

२२ साउन, काठमाडौं । लेखक खगेन्द्र संग्रौलाले माओबादी संसद बिमला ओलीलाई एमाले बनाउन अपहरण गरी राजनीतिक षढ्यन्त्रसहित नैतिक नियत गाँसिएको बताएका छन् । उनले साँसद अपहरण गर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीको गद्दीमा किन बसिरा हुन् ? भनेर प्रश्न गरेका छन् ।
लेखक संग्रौलाले ल हेर शंकर पोखरेलको चर्तिकला, लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नो निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन् भन्दै उक्त टिप्पणी गरेका हुन् ।
संग्रौलाको ट्वीटः ल हेर शंकर पोखरेलको चर्तिकला१लुम्बिनी प्रदेशसभा सदस्य माओवादी विमला वलीलाई अपहरण गरी आफ्नो निवासमा थुनेर एमाले भइदिन जबर्जस्ती गरेछन्। शंकर सरको यो पराक्रममा राजनीतिक षड्यन्त्रसँगै नैतिक नियत गाँसिन गयो। तैपनि यी वीर निर्लज्ज मुद्रामा मुख्यमन्त्रीको गद्दीमा किन बसिरा हुन् ?