२२ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुगंले लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्रीलाई बन्धक बनाएर जबर्जस्ती सहीछाप गराउने र मानसिक यातना दिने कार्य अपराध भएको बताएका छन् ।
उनले ट्वीट गर्दै मुख्यमन्त्री शंकर पोख्रेलले अपहरण गरी अपराध गरेको संकेत गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त घट्नाको छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याइयोस् भन्ने माग पनि गरेका छन् ।
बुधबारमात्र माओबादी साँसद बिमला कुमारीलाई शंकर पोख्रेलले एमाले बन्न दबाब दिँदै अपहरण गरेको आरोप लागेको अवस्थामा नेता गुरुगंको उक्त ट्वीट आएको हो ।
नेता गुरुगंको ट्वीटः लुम्बिनी प्रदेश सभा सदस्य विमला कुमारी खत्रीलाई बन्धक बनाएर जबर्जस्ती सहीछाप गराउने र मानसिक यातना दिने कार्य अपराध हो।
@PM_Nepal_ज्यु उक्त घट्नाको छानबिन गरी दोषीलाई कानुनको कठघरामा उभ्याइयोस्।