राजनीति

एमाले कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैनः नेता पौडेल

२३ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम् युवा नेता प्रदीप पौडेलले कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैन भनेका छन् । उनले सामाजिक सञ्जालमा ट्वीट गर्दै भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने अखडाहरु भत्किनु पर्छ पनि भनेका छन् ।
ओली सरकारले बनाएको सुकुम्बासी आयोग देउवा सरकारले खारेज गरेको बिषयमा सर्बोच्च अदालतमा निबेदन परेको छ भने यो बिषय बिबादित बनेको छ । नेविसंघका पुर्व अध्यक्षसमेत रहेका पौडेलले आफ्नै पार्टीका सभापति रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई भनेका छन्, आयोग खारेज गरेर उम्किने छुट छैन। विपीले जस्तै समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को इतिहास रच्न सरकार नचुकोस् ।
प्रदीपको ट्वीटः कार्यकर्ता भर्ती केन्द्र बनाइएको सुकुम्बासी आयोग खारेज हुँदा रोइलो गर्नु कुनै तुक छैन। भुमिहीनसम्म पुग्न नसक्ने तर राज्यको ढुकुटी दोहन गर्ने अखडाहरु भत्किनु पर्छ।
आयोग खारेज गरेर उम्किने छुट छैन। विपीले जस्तै समस्या पहिचान गरेर तत्काल समाधान गरी अर्को इतिहास रच्न सरकार नचुकोस् ।