सामाजिक सञ्जाल

ओली सरकारको स्वास्थ्य सामाग्रीमा भएको भ्रष्टाचार छानबिन गर्ने कार्यक्रम राखेकोमा देउवा सरकारको नेता गुरुङद्वारा प्रशंसा

२४ साउन, काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले सरकारको न्युनतम साझा कार्यक्रममा स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा आएकोमा स्वागत गरेका छन् ।
उनले अन्य ठुला भ्रष्टाचारका काण्डहरुको पनि छानबिन गरियोस् भन्दै देउवा सरकारको प्रशंसा गरेका छन् । आदरणीय नेता शेर ब. देउवाको नेतृत्वमा सरकार बनेपछि ठुला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुपर्ने माग राख्दै आएको थिएँ भन्दै स्मरणसहित उक्त प्रशंसा गरेका छन् ।
आज प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारका न्यूनतम कार्यक्रम सार्बजनिक गरेको बिषयमा नेता गुरुङले ट्प्पणी गरेका हुन् ।

नेता गुरुङको ट्वीटः आदरणीय नेता शेर ब. देउवाको नेतृत्वमा सरकार बनेपछि ठुला भ्रष्टाचारका काण्डहरुको छानबिन गर्नुपर्ने माग राख्दै आएको थिएँ।
सरकारको न्युनतम साझा कार्यक्रममा स्वास्थ्य सामाग्री खरिद भ्रष्टाचार काण्डको छानबिन गर्ने कुरा आएकोमा स्वागत।
अन्य ठुला भ्रष्टाचारका काण्डहरुको पनि छानबिन गरियोस् !