सामाजिक सञ्जाल

संग्रौलाको कडा प्रश्नः लोभिने र चोरिने पनि साँसद वा जनप्रतिनिधि हुन्छ ?

२७ साउन, काठमाडौं । बरिष्ठ लेखक खगेन्द्र संग्रौलाले लोभिने र चोरिने पनि साँसद वा जनप्रतिनिधि हुन्छ? भनेर कडा प्रश्न गरेका छन् ।
उनले ट्वीट गर्दै सत्ताधारी शंकर पोखरेलले बेपत्ता पार्लान् वा लेभ्याएर चोर्लान् भन्ने डरले लुम्विनी प्रदेशका विपक्षी सांसदहरू आफ्नै ख्वामितहरूद्वारा होटलमा कैद! हैट्,लाजमर्नु ! भन्दै उक्त कडा प्रश्न गरेका हुन् ।
संग्रौलाले प्रश्नहरु पुनः तेस्र्याएका छन्, ‘यस्ताहरूको सरकार शंकर सरकारभन्दा के फरक हुन्छरु शंकरपछि शंकर चाहियो नै किन? ’
उनको ट्वीटः सत्ताधारी शंकर पोखरेलले बेपत्ता पार्लान् वा लेभ्याएर चोर्लान् भन्ने डरले लुम्विनी प्रदेशका विपक्षी सांसदहरू आफ्नै ख्वामितहरूद्वारा होटलमा कैद! हैट्,लाजमर्नु! लोभिने र चोरिने पनि जनप्रतिनिधि हुन्छरु यस्ताहरूको सरकार शंकर सरकारभन्दा के फरक हुन्छ? शंकरपछि शंकर चाहियो नै किन?